मलेसियाबाट आज ल्याइयो थप ८ जना कामदारको शव र अस्तु – Nepal Press

मलेसियाबाट आज ल्याइयो थप ८ जना कामदारको शव र अस्तु

काठमाडौं । मलेसियामा ज्यान गुमाएका थप ८ जना नेपाली कामदारको शव आज काठमाडौं ल्याइएको छ । ती शवसहित १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजानकारी दिएको छ ।

मलेसियाका विभिन्न सहरमा काम गर्दा दुर्घटनामा परेर ज्यान गुमाएका र कतिपयको त्यही दाहसंस्कार गरिएकाले अस्तु मात्र ल्याइएको हो । कतिपयको भने मलेसियामा कार्यरत रहँदा कोभिड-१९ संक्रमणले मृत्यु भएकाहरु छन् ।

गत साउन ९ गते पनि नेपाल एयरलाइन्सको विमानले मलेसियाबाट २४ जना नेपालीको शव ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर