जलवायु सम्मेलनको तयारीबारे प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल – Nepal Press

जलवायु सम्मेलनको तयारीबारे प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल

काठमाडौं । विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो ।

भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि छलफल भएको जनाइएको छ । नोभेम्बर १ देखि १२ सम्म कोप-२६ बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर