शैक्षिक सुधारका लागि केपी ओलीले एक लाख सहयोग गर्ने – Nepal Press

शैक्षिक सुधारका लागि केपी ओलीले एक लाख सहयोग गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

शुक्रबार चन्द्रगिरी नगरपालिका- १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

ओलीले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताए । उनले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताए ।

ओलीले भने, ‘वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकास प्रेमी साथीहरुलाई सबै सहयोगी हातहरु जसरी अगाडि बढ्नुभएको छ, त्यसरी सधैँ लाग्नुस्, धेरै-धेरै धन्यवाद, तपाईंहरु अझै ठूला काममा सफल हुँदै जानुस् शुभकामना ।’

ओलीले सबै मानिस भीरमा जान नखोज्ने भन्दै भीरलाई व्यवस्थित गर्न सके गन्तव्यस्थल बन्ने बताए । उनले पुरानो मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्धलाई पार्कले सम्बोधन गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर