मलेसियाको प्रधानमन्त्रीमा साब्री याकोब निर्वाचित, सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने चुनौति – Nepal Press

मलेसियाको प्रधानमन्त्रीमा साब्री याकोब निर्वाचित, सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने चुनौति

क्वालालाम्पुर । मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माइल साब्री याकोव निर्वाचित भएका छन् । राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद साहले शुक्रबार याकोवालाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएको घोषणा गरेका हुन् ।

इस्माइल पछिल्लो तीनवर्षमा नियुक्त हुने तेस्रो प्रधानमन्त्री हुन् । राजदरबारका अनुसार संसदको ११४ मत प्राप्त गरेका इस्माइलले शनिबार सपथ ग्रहण लिने कार्यक्रम छ ।

सामान्य बहुमतका लागि १११ मत जरुरी थियो ।

१७ महीना शासनमा रहेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएका थिए । आफ्नै गठबन्धन सरकारमा झगडा परेपछि उनले संसदमा बहुमत गुमाएका थिए ।

नवनियुक्त प्रधानमन्त्री साह निवर्तमान प्रधानमन्त्री यासिनको कार्यकालमा उपप्रधानमन्त्री थिए । अब यासिनसामु सत्तारुढ गठबन्धनलाई टिकाइराख्नुपर्ने चुनौति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर