उपसभापति निधिले मुम्बई पुगेर भेटे प्रदीप गिरीलाई – Nepal Press

उपसभापति निधिले मुम्बई पुगेर भेटे प्रदीप गिरीलाई

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीसंग भेटघाट गरेका छन् । भेटका क्रममा निधिले गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

गिरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपसभापति निधिले जनाएका छन् । ‘उहाँको घाँटीको देब्रेपट्टिको नलीमा सानो ट्युमर देखिएको छ । ट्युमरबारे सम्पूर्ण रिपोर्ट आइसकेको छैन । अहिले उहाँ सामान्य हुनुहुन्छ र स्वास्थ्यमा खतरा छैन’, निधिले भनेका छन् । भेटका क्रममा गिरीले आफूले नियमित स्वास्थ्य परीक्षण गराइरहेको र अहिले घाँटीको ट्युमरमा केन्द्रीत रहेर फलो अप गरिरहेको जनाएका थिए ।

गिरीको मुम्बईस्थित हिन्दुजा अस्पतालमा डा.सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ । भेटमा प्रदेश २ का ऊर्जामन्त्री ओमप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर