चीनले मनायो तिब्बत स्वतन्त्रताको ७० औं वर्षगाँठ (तस्विरहरु) – Nepal Press

चीनले मनायो तिब्बत स्वतन्त्रताको ७० औं वर्षगाँठ (तस्विरहरु)

ल्हासा । चीनले आफ्नो स्वायत्त क्षेत्र तिब्बतको ७० औं स्वतन्त्रता वर्षगाँठ मनाएको छ । ल्हासामा आयोजित कार्यक्रममा विभिन्न जातिय समूहका प्रतिनिधिसहित २० हजार भन्दा बढी सहभागि रहे ।

राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) महासचिव सी जिनपिङले सुन्दर र सुखी तिब्बत निर्माण मुलुकको ठूलो सपना र अठोट रहेको शुभकामना समेत उक्त कार्यक्रममा प्रस्तुत गरियो ।

कार्यक्रमको सुरुआतमा चीनको राष्ट्रिय झण्डा फहराइएको थियो भने सहभागिले राष्ट्रिय गीत गाएका थिए । सीपीसीको राजनीतिक विभागका प्रमुख वाङ याङ मुख्य अतिथिको रुपमा कार्यक्रममा सहभागि थिए ।

चिनियाँ सरकारको डेलिगेसन नेताको रुपमा कार्यक्रममा सहभागि भएका याङले सन् १९५१ मा तिब्बतले स्वतन्त्रता प्राप्त गर्नु सीपीसीको मुख्य विजय भएको बताए ।

‘त्यसयता, चीन अँध्यारोबाट उज्यालोतर्फको यात्रामा अघि बढेको छ । पछौटेपनदेखि विकासतर्फ उन्मुख भैरहेको छ । गरिबीदेखि समृद्धितर्फ अघि बढेको छ । निरकुंशतादेखि लोकतन्त्रतर्फ अघि बढेको छ । बन्दबाट खुला समाजतर्फ अघि बढेको छ’ वाङले भने ।

उनका अनुसार अहिले तिब्बतमा ३५ हजार सीपीसीका केन्द्रीय प्रतिनिधि, ८ हजार सदस्य र तिनमध्ये ९० प्रतिशत जातिय समूहबाट प्रतिनिधित्व गर्नेछन् । २०१६ देखि २०१९ सम्म १६० मिलियन जना पर्यटकले तिब्बत भ्रमण गरेको, १९० बिलियन युआन कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पुगेको आँकडा पनि उनले प्रस्तुत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर