आजदेखि एसिया भ्रमणमा आउँदै अमेरिकी उपराष्ट्रपति ह्यारिस, सिंगापुर र भियतनाम पनि जाने – Nepal Press

आजदेखि एसिया भ्रमणमा आउँदै अमेरिकी उपराष्ट्रपति ह्यारिस, सिंगापुर र भियतनाम पनि जाने

के वासिङ्टनले एसियाली साझेदारको विश्वास जित्ला ?

काठमाडौं । तालिवानले अफगानिस्तानको सत्तालाई नियन्त्रणमा लिएको पृष्ठभूमिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपूर्वी एसियाको भ्रमणमा आउने भएकी छिन् । दुई दशक लामो अफगान युद्ध नटुंगिदै आफ्ना सेनालाई फिर्ता गर्ने वासिङ्टन कदमको विरोध गरिरहेका एसियाली साझेदारलाई विश्वासमा लिन र मनाउनमा ह्यारिसको भ्रमण केन्द्रित हुने जनाइएको छ ।

शुक्रबारदेखि सुरु हुने भ्रमणका क्रममा ह्यारिस भियतनाम र सिंगापुर पनि पुग्ने जनाइएको छ । यो भ्रमणले ह्यारिसलाई पहिलोपटक प्रत्यक्षरुपमा अमेरिकी परराष्ट्र गतिविधिमा सामेल हुने प्लेटफर्म प्रदान गर्ने समाचार संस्था एपीले जनाएको छ ।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसले अमेरिकी मूल्यलाई पुनस्र्थापना र मानवअधिकारको कार्यान्वयनबारे चासो जनाउने गरेका छन् । तालिवान शक्तिमा फर्किएपछि अफगानिस्तानमा महिला र बालबालिकको अवस्थाबारे उनीहरुको मुख्य चासो छ ।

तर, ह्यारिसको एसिया भ्रमण अमेरिकाको लागि केही जोखिम हुने एपीले लेखेको छ । पूर्व सिनेटर तथा कानून अधिकृत रहेकी ह्यारिसको अन्तर्राष्ट्रिय कूटनीति र विदेश नीतिमा अनुभव छैन ।

उनको भियतनाम भ्रमणले सन् १९७५ मा त्यहाँ अमेरिकाले भोगेको असफलता र यसैसाता काबुलमा भोगेको पराजयसँग तुलना हुने जनाइएको छ । एसियामा चीनको प्रभावमा भएको विस्तारको छायाँमा ह्यारिसको भ्रमण हुन लागेको हो । अर्कोतर्फ, गत जुनमा ग्वाटेमाला र मेक्सिको सीमामा गरेको भ्रमणपछि ह्यारिसको अमेरिकाभित्रै आलोचना हुन गरेको छ । सोमबार सिंगापुरमा उत्रने ह्यारिसले राष्ट्रपति हलिमा याकोबसँग टेलिफोनमा संवाद गर्नेछिन् भने प्रधानमन्त्रीसँग द्धिपक्षीय छलफल हुनेछ ।

त्यसपछि उनी भियतनाम भ्रमणमा निस्कनेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर