माधव नेपालले छाडे एमाले ब्राण्ड- नेकपा एकीकृत समाजवादी प्रस्ताव, चुनाव चिन्ह पछि टुंगो लाग्ने – Nepal Press

माधव नेपालले छाडे एमाले ब्राण्ड- नेकपा एकीकृत समाजवादी प्रस्ताव, चुनाव चिन्ह पछि टुंगो लाग्ने

काठमाडौं । नेकपा एमालेबाट विभाजित भइ नयाँ दल खोलेका माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष दल दर्ताका लागि नयाँ नामसहितको निवेदन दिएका छन् ।

नेता राजेन्द्र पाण्डेले नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् । पाण्डेले नयाँ नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको जानकारी नेपाल प्रेसलाई दिए । चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। ‘आयोगले दर्ता प्रमाण पत्र दिँदा चिन्हको टुंगो लाग्छ,’ उनले भने ।

निर्वाचन आयोगले यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन मौखिक आग्रह गरेका थियो ।

नेपाल पक्षले यसअघि आयोगमा नेकपा (एमाले-समाजवादी) र चिन्ह खुला किताव प्रस्ताव गरेको थियो । एमाले-समाजवादी एमालेसँग मिल्दोजुल्दो भएको र खुल्ला किताब अर्कै पार्टीको रहेको भन्दै आयोगले नयाँ नाम र चिन्हसहित आउन भनेको हो । योसँगै नेपालले एमालेको ब्राण्ड छाडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर