माधवलाई साथ नदिएका नेताहरुको बैठक जारी, १० बुँदेको पालना गर्न ओली तयार नभए विद्रोह – Nepal Press

माधवलाई साथ नदिएका नेताहरुको बैठक जारी, १० बुँदेको पालना गर्न ओली तयार नभए विद्रोह

काठमाडौं । नेकपा (एमाले) विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरुको छलफलमा जुटेका छन् । महाराजगंजस्थित एक पार्टी प्यालेसमा मध्यमार्गी स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुको बैठक बसिरहेको छ ।

बैठकबाट १० बुँदेको अक्षरशः पालना गराउन र फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील हुने केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली त्यसका लािग तयार नभए विद्रोह हुने उनको भनाइ छ।

उनीहरुले बिहीबार अबेर संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् ।

विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह पनि गरिएको छ ।


प्रतिक्रिया

2 thoughts on “माधवलाई साथ नदिएका नेताहरुको बैठक जारी, १० बुँदेको पालना गर्न ओली तयार नभए विद्रोह

  1. यिनि हरु कुनै को पनि काम छैन यि सबै भ्रष्टाचारीलाई कारबाही गरेर जेल हाले हुन्छ।

  2. माधब कमरेडले काजमा राखेका कारिन्दा हुन ,बैठकमा नजाने माग तेर्स्याएर एमालेलाई घुर्किलाउने यिनीहरूकाे महान हास्यरस युक्त गाईजात्रे प्रहसन मात्र हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर