अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त – Nepal Press

अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्री सरहको सल्लाहकारमा नियुक्ति दिइएको हो ।

उप्रतीले नेपाललाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उनी यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक सल्लाहाकार विज्ञ समेत भइसकेका थिए । यसअघि उप्रेतीले अर्थमन्त्री जनार्दन शर्मा उर्जामन्त्री हुँदा विद्युत उत्पादन सल्लाहाकार विज्ञको सदस्यका रुपमा नियुक्ति पाएका थिए ।

यसैगरी उप्रेतीले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी अमेरिकाको क्यालिफोर्नियास्थित टेट्राटेकमा विज्ञरुपमा काम गरेको अनुभव समेत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर