काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाका लागि मकवानपुरको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत – Nepal Press

काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाका लागि मकवानपुरको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत

काठमाडौं । सरकारले काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाको निर्माण गर्न मकवानपुरको थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरका दुई वटा सामुदायिक वन कालभैरव र गौरीशंकर सामुदायिक वनमा परेको ७ दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको हो ।

त्यस वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृत दिने निर्णय पनि भएको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर