कोभिड प्रोटोकल पालना गरी गाइजात्रा र जनैपूर्णिमा मनाउन काठमाडौं प्रशासनको आग्रह – Nepal Press

कोभिड प्रोटोकल पालना गरी गाइजात्रा र जनैपूर्णिमा मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा कायमै रहेकाले जनैपूर्णिमा, ऋषितर्पणी र गाइजात्रा लगायतका पर्व भीडभाड नहुने गरि सांकेतिकरुपमा मनाउन आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमण दर उच्च रहेकाले यस अवधिमा पर्न जाने पर्वलाई स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागतरुपमा सांकेतिकरुपले मनाउन प्रशासनले भनेको हो ।

भदौ ८ गते मध्यरातसम्म निषेधाज्ञा कायमै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *