मनीषा कोइरालालाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता प्रदान – Nepal Press

मनीषा कोइरालालाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता प्रदान

काठमाडौं । चलचित्र कलाकार संघले अभिनेत्री मनीषा कोइरालालाई मानार्थ सदस्यता प्रदान गर्ने भएको छ ।

साउन २९ गते बसेको कलाकार संघको बैठकले मनीषासहित विष्णुगोपाल श्रेष्ठ र राजकुमार राईलाई पनि सदस्यता प्रदान गर्ने निर्णय गरेको संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।

नेपाली फिल्म कलाकारिता क्षेत्रमा योगदान दिएबापत संघको विधानअनुसार यस्तो निर्णय गरिएको निरौलाले नेपाल प्रेसलाई जानकारी दिए । यसअघि पनि विभिन्न व्यक्तिहरुलाई मानार्थ सदस्यता दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर