माधवलाई चुनाव चिन्हको सकस: किताब नपाउने भएपछि कलममा नजर – Nepal Press

माधवलाई चुनाव चिन्हको सकस: किताब नपाउने भएपछि कलममा नजर

काठमाडौं । नवगठित नेकपा (एमाले-समाजवादी) ले पार्टीको चुनाव चिन्ह नपाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले नयाँ चिन्हको खोजी शुरू गरेका छन् ।

हिजो दर्ताको निवदेन दिँदा एमाले समाजवादीले खुल्ला किता चुनाव चिन्ह प्रस्ताव गरेको थियो। तर, आयोगमा पुगिसकेपछि उक्त चिन्ह अर्कै पार्टीको नाममा दर्ता भइसकेको खुलेको थियो । उन्नत लोकतान्त्रिक पार्टीको नाममा खुल्ला किताब रहेको पाइएको हो ।

खुल्ला किताब चिन्ह नहुने भएपछि माधव नेपालको नजर कलम चिन्हमा परेको छ । यो चिन्ह पनि यसअघि नै आयोगमा दर्ता भइसकेको छ । माधव नेपालनिकट युवा जीवन राइले कलम चिन्ह भएको नेकपा (एकीकृत) दर्ता केही समय अगाडि गराएका थिए ।

यसअघि राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाले पनि कलम चिन्हबाटै चुनाव जितिसकेको र राईसँग वार्ता गरेर चुनाव चिन्ह लिन सहज हुने भएकाले नेता नेपालले कलम चिन्ह प्रयोग गर्ने सोच बनाएको एक नेताले जानकारी दिए । एमाले समाजवादी नाम निर्वाचन आयोगबाट स्वीकृत नभएको खण्डमा पार्टीको नाम नेकपा एकीकृतका लागि पनि नेपाल सकरात्मक रहेका छन् ।

नेकपा एकीकृतका अध्यक्ष जीवन राईले भने यसबारेमा माधव नेपाल पक्षले अहिलेसम्म आफूलाई औपचारिक रुपमा आग्रह नगरेको बताए । उनले आफू चाँडै राष्ट्रिय सम्मेलनको तयारीमा रहेको जानकारी नेपाल प्रेसलाई दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर