अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गर्ने ७ जना पक्राउ – Nepal Press

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गर्ने ७ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका -३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा  घर भएका ५० वर्षीय राजेश अग्रवाल, कुमारीगाल बस्ने रुकुम  घर भएकी २३ वर्षीया ललिता विक,  बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, नारायणस्थान बस्ने बर्दिया घर भएका २९ वर्षीय सुनिल बिष्ट, काँडाघारी बस्ने सिन्धुपाल्चोक बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र ललितपुर सुन्धारा बस्ने मकवानपुर सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, र काभ्रे घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले नेपाल प्रेसलाई जानकारी दिईन ।

उनका अनुसार उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर