इजरायल र नेपालका दुई विश्वविद्यालयबीच सहकार्य हुने – Nepal Press

इजरायल र नेपालका दुई विश्वविद्यालयबीच सहकार्य हुने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो तेल तेल अभिव विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल/इजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुई विश्व विद्यालय सहकार्य गर्न तयार भएको इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यको जानकारी दिइन् ।

इजरायलको तेल तेल अभिव विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डाक्टर शिवलाल भुसाल तेल अभिभ विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदा दुई देशबीच सदैव अटूट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी लागेको छ,’ राजदूत शाक्यले भनिन्, ‘सहकार्यपछि अनुसन्धानमूलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी हुने अपेक्षा लिएका छौँ । यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय÷विभागबीच आपसमा अध्ययन–अनुसन्धानमा पनि सहयोग पुग्ने छ ।’

त्रिभूवन विश्वविद्यालयका रेक्टर भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञहरुबीच अनुभवन आदन–प्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिए । उनले भने, ‘यो सम्झौताले अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका साथै विपद् व्यवस्थापनको क्षेत्रमा यहाँका प्राध्यापक, विद्यार्थी र उहाँका पनि प्राध्यापक विद्यार्थीबिच अनुभव आदन–प्रदानमा थप सफलता प्राप्त गर्न सहयोग पुग्ने छ ।’

इजरायलको सोही विश्वविद्यालयको विपद् व्यवस्थापन विभाग र नेपालको पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच पनि यस्तै सहकार्यको सम्झौता यसअघि नै भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर