माधव नेपालको पार्टीमा कर्णाली प्रदेशबाट ७ केन्द्रीय सदस्य – Nepal Press

माधव नेपालको पार्टीमा कर्णाली प्रदेशबाट ७ केन्द्रीय सदस्य

सुर्खेत । नेकपा एमाले प्रदेश सभा सदस्य एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओली पनि माधव नेपालको नेतृत्वमा गठित नयाँ पार्टीको केन्द्रीय कमिटीको सदस्यमा चयन भएकी छिन् ।

उनले वैशाख ३ गते माओवादीको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर पछि सच्याएकी थिइन् ।

आज निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी नाममा दर्ता भएको पार्टीको ८६ औं नम्बरमा केन्द्रीय सदस्यको रुपमा उनलाई राखिएको हो । उनीसँग यसबारेमा कुरा गर्न खोज्दा उनको फोन उठेन । ओलीसँगै प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही पनि नयाँ पार्टीमा लागेका छन् ।

उक्त दलमा केन्द्रीय सदस्यको रुपमा राष्ट्रिय सभा सदस्य नन्दा शर्मा चपाईं पनि चयन भएकी छिन् । उनी राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् । चपाईंसहित जाजरकोटकी रिता रावल, नेकपा एमालेका केन्द्रीय सदस्य रहेका प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही, शेरबहादुर केसी, हंसबहादुर शाही र प्रकाश ज्वाला पनि केन्द्रीय कमिटिमा चयन भएका छन् ।

कर्णाली प्रदेशबाट ९५ सदस्यीय केन्द्रीय कमिटिमा सात जना चयन भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर