प्रदीप नेपालले भने- माधव नेपालको पार्टीमा गएको छैन, केन्द्रीय सदस्यमा नाम राखेर किर्ते गरे – Nepal Press

प्रदीप नेपालले भने- माधव नेपालको पार्टीमा गएको छैन, केन्द्रीय सदस्यमा नाम राखेर किर्ते गरे

काठमाडौं । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् ।

केन्द्रीय सदस्यको सूची सार्वजनिक भए लगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबुकमार्फत जनाएका छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुलेका थिएनन् ।

यसैबीच नेपाल प्रेससँग कुरा गर्दै नेता नेपालले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा पनि नरहेको भन्दै नेपाल पक्षले किर्ते जालसाजी गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर