अध्यादेशको विरोधमा खेलकुद महासंघको सभा – Nepal Press

अध्यादेशको विरोधमा खेलकुद महासंघको सभा

काठमाडौं । राजनीतिक दलसम्बन्धी ल्याइएको अध्यादेशको विरोधमा एमाले निकट नेपाल खेलकुद महासंघले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटअगाडि भेला भएका खेलाडी तथा नेकोसका नेता-कार्यकर्तालाई अध्यक्ष रमेशकुमार पौडेलले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको बताए । तत्कालको लागि नेकपा एमाले विभाजन गर्न प्रेरित अध्यादेशको खाल्डोमा भोलि काङ्ग्रेस र माओवादी पर्ने निश्चित भएकोले तत्काल अध्यादेश फिर्ता गर्न उनले सुझाएका छन् । महासंघ देशैभरी आन्दोलन तथा विरोधका कार्यक्रम शुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर