क्यानडाले एक सय नेपालीलाई काबुलबाट उद्धार गरेर काठमाडौं ल्याउँदै – Nepal Press

क्यानडाले एक सय नेपालीलाई काबुलबाट उद्धार गरेर काठमाडौं ल्याउँदै

जस्टिन ट्रुडोले भने : गोर्खालीको सहयोगप्रति हामी आभारी छौं

काठमाडौं । क्यानडाले एकसय जना नेपालीलाई अफगानिस्तानको राजधानी काबुलबाट उद्दार गरेको छ । क्यानडेली दूतावासमा कार्यरत ती ‘नेपालीलाई केही दिनमै काठमाडौंमा ल्याइने क्यानडेली संचारमाध्यमले जनाएका छन् ।

‘अहिले उनीहरुलाई काबुलबाट उद्दार गरिएको छ र उनीहरु काठमाडौंं प्रस्थान गरिसकेका छन्’ द ग्लोब एन्ड मेलले जनाएको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोको भनाई उध्दृत गर्दै उक्त अखबारले लेखेअनुसार गोर्खालीहरु क्यानडा सरकारको विशेष अध्यागमन कार्यक्रममा समावेश नभएको तथा अफगानी नागरिक पनि नभएकाले त्यहाँबाट उद्दार गरिएको हो ।

क्यानडाले गोर्खालीको उद्दारका लागि एक बेलायती नीजि सेक्युरिटी कम्पनीसँग मिलेर काम गरिरहेको पनि प्रधानमन्त्री ट्रुडोले जनाएका छन् । ‘गोर्खालीले हामीलाई सहयोग गरेका छन् यसकारण कम्पनीसँग मिलेर हामीले उद्दारको काम गरिरहेका छौं’ उनले भने ।

क्यानडाले ती नेपालीलाई उद्दार गरि मंगलबार बिहान दुबईमा लगेर राखेको छ । उद्दार गरिएका नेपालीले समेत क्यानडाले यसका लागि धन्यवाद दिएका छन् । १५ वर्षदेखि गोर्खालीहरु विभिन्न सेक्युरिटी कम्पनीमार्फत क्यानडाको दूतावासमा काम गरिरहेका छन् ।

क्यानडाले केही कूटनीतिज्ञ बाहेक अन्य सबैलाई मंगलबारसम्म काबुलबाट उद्दार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर