शीतल निवासमा बोलाएर राष्ट्रपतिले दिइन् किरण गजमेरलाई बधाई – Nepal Press

शीतल निवासमा बोलाएर राष्ट्रपतिले दिइन् किरण गजमेरलाई बधाई

किरण भन्छन् : राष्ट्रपतिको सम्मानले नेपालीभाषी भुटानीलाई खुशि मिलेको छ

काठमाडौं । गायन रियालिटी सो भ्वाइस अफ नेपाल विजेता किरण गजमेरलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् । बुधबार बिहान शीतल निवासमा बोलाएर भण्डारीले उनको गायन करियरको सफलताको कामना समेत व्यक्त गरिन् ।

‘राष्ट्रपतिले मलाई कार्यालयमा बोलाएर जुन सम्मान दिनुभयो यसले नेपालीभाषी भुटानीलाई खुशि तुल्याएको छ’ किरणले नेपाल प्रेससँग भने, ‘उहाँसँगको छोटो भलाकुसारीले मलाई अझै काम गर्ने उत्साह मिलेको छ ।’

किरण गतसाता गायन रियालिटी सो भ्वाइस अफ नेपालको विजेता बनेका थिए । उनको विजयसँगै नेपाली भाषी भुटानी समुदायमा उत्साह फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर