प्रदेशवासीलाई सम्बाेधन गर्दै मधेस भवनबाट निस्किए अहिराज – Nepal Press

प्रदेशवासीलाई सम्बाेधन गर्दै मधेस भवनबाट निस्किए अहिराज

जनकपुरधाम । सोमबार पदमुक्त भएका प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले प्रदेशवासीका नाममा सम्वोधन गर्दै आज विहान मधेश भवन छाडेका छन् ।

सरकारी निवास छाड्नुअघि गरिएको सम्वोधनमा पद र शक्ति सधैं नरहने बताए । उनले भने, ‘पद र शक्ति सधैंका लागि कोहीसँग रहँदैन । मुख्य कुरा देश र जनताका लागि कति योगदान गर्न सकियो भन्ने हो ।’

चेतना, विवेक र ज्ञानले समभावसहितको साझा र उत्तम प्रदेश बनाउने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । प्रदेश प्रमुख पद कार्यकारी नभई भुमिका सहितको संवैधानिक पद भएपनि उक्त भूमिकालाई निक्रिय होइन्, रचनात्मक बनाउन सक्दो प्रयास गरेको उनको दावी छ ।

उनले प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्ने सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी र नियुक्तिको सिफारिस गर्ने प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद ज्ञापन गरेका छन् । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा मंगलवार नै गरेका थिए ।

अहिराजलाई पदमुक्त गरेका शेरबहादुर देउवा सरकारले नयाँ प्रदेश प्रमुख कांग्रेसका पुराना नेता हरिशंकर मिश्रलाई बनाएको छ । मंगलवार राष्ट्रपति भण्डारीबाट शपथ ग्रहण गरेका मिश्र आज पदभार ग्रहण गर्न जनकपुर आउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर