नेपालले भन्यो- अफगानिस्तानमा शान्ति र स्थिरता कायम होस् – Nepal Press

नेपालले भन्यो- अफगानिस्तानमा शान्ति र स्थिरता कायम होस्

काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति र स्थितिरता देख्न चाहेको बताएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सार्क सदस्य राष्ट्रको हैसियतमा नेपाले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको विज्ञप्तिमा उल्लेख ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै नेपालले सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ। त्यस्तै त्यहाँ मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि नेपालको अपिल छ।

अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर