माधव नेपालसहितका सांसदमाथिको कारबाही फिर्ता लिन गोकर्ण विष्टको आग्रह – Nepal Press

माधव नेपालसहितका सांसदमाथिको कारबाही फिर्ता लिन गोकर्ण विष्टको आग्रह

काठमाडौं। नेकपा (एमाले)का नेता गोकर्ण विष्टले वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदमाथि गरेको कारबाही फिर्ता लिएर एकताका लागि भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

सरकारले दल विभाजन गर्न सजिलो हुने गरि अध्यादेश ल्याएपछि नेता नेपालले एमाले विभाजित गर्न खोजिएको भन्ने प्रचारबीच दिउँसो बसेको एमाले संसदीय दलको बैठकले १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो।

विष्टले एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला नेपालसहित १४ सांसदमाथि गरिएको कारबाहीले बिभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुलाई बल पुर्याएको बताएका छन् ।

सामाजिक संजालमा विष्टले लेखेका छन्- नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपाल सहित १४ जना सांसदमाथि गरिएको कारबाहीले बिभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुको लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ।

उनले अध्यक्ष ओलीसँग कारबाही फिर्ता लिएर एकताका लागि भूमिका खेल्न पनि आग्रह गरेका छन् । बिष्टको आग्रह छ- हामी भित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ। यस्तो अवस्थामा क. नेपाल सहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताको लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु।


प्रतिक्रिया

One thought on “माधव नेपालसहितका सांसदमाथिको कारबाही फिर्ता लिन गोकर्ण विष्टको आग्रह

  1. माधव कुमार नेपालले नयाँपार्टी दर्ता गरेपछि पनि कारबाही गर्नु गलत हो ।
    सहमतिको लागी कारबाही फिर्ता गर्नुपर्छ भन्दै माधव कुमार नेपालको पक्षमा वकालत गरिनै रहने भए गोकर्ण जी ले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर