माधव नेपालको घोषणा- नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा सिट बाँड्न सकिन्छ – Nepal Press

माधव नेपालको घोषणा- नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा सिट बाँड्न सकिन्छ

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् ।

आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।

नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।

 


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको घोषणा- नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा सिट बाँड्न सकिन्छ

  1. तातो पानी नदिए सिसै पानीले नचहांउने ।

    चुनावमा सहकार्य हाहाहाहाहा !!!!

  2. तेरो बाउ का बपौती र दास हुन जनता मा अब तिमी हरु का राजनिति सिद्दियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर