नेपालको गुनासो: ओलीले महन्थ ठाकुरजस्ता राष्ट्रियताप्रति कमजोर शक्तिलाई प्यारो ठान्नुभयो – Nepal Press

नेपालको गुनासो: ओलीले महन्थ ठाकुरजस्ता राष्ट्रियताप्रति कमजोर शक्तिलाई प्यारो ठान्नुभयो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र संविधान विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

ओलीकै कारण एमालेले छँदा खाँदाको बहुमत गुमाएको र सरकारबाट बाहिरिनु परेको उनको गुनासो छ ।

आफूनिकट जनसंगठनका नेता र कार्यकर्तासँग भर्चुअल संवादमा संवोधन गर्दै नेपालले भने, ‘उहाँले पार्टीभित्रको एउटा पक्षलाई सखाप पार्न खोज्नुभयो । देशलाई गलत बाटोमा लैजान खोज्नुभयो । विदेशीको स्वार्थ रक्षा गर्ने दक्षिणपन्थिसँग साँठगाँठ गर्नुभयो । महन्त ठाकुरजस्ता राष्ट्रियताप्रति अत्यन्क कमजोर संविधानविरोधि शक्तिलाई उहाँले सबैभन्दा प्यारो ठान्नुभयो ।’

ओलीले १५ सिट भएको पार्टीका ११ जनालाई मन्त्री बनाएको भन्दै नेपालले आलोचना गरे । नेपाले भने, ‘उहाँले आफ्नो पक्षमा नरहेका एक–एक कार्यकर्तालाई पाखा लगाउनुभयो । केन्द्रमा त्यस्तैगर्नुभयो । मान्छेले अन्याय भोग्नुपर्यो भने के विद्रोह गर्छ कि समर्पण गर्छ ? विद्रोहीले नै नयाँ निर्माण गर्न सक्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर