माधव नेपाललाई ठाकुर गैरेको आग्रह- विष पिएर पनि विभाजन रोक्नुहोस् – Nepal Press

माधव नेपाललाई ठाकुर गैरेको आग्रह- विष पिएर पनि विभाजन रोक्नुहोस्

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले विष पिएर भएपनि पार्टी एकता बचाउन माधवकुमार नेपालसंग आग्रह गरेका छन् ।

नेपालपक्षका केन्द्रीय सदस्य र सांसदहरूको बैठकमा बोल्दै गैरेले नेपालको कम्युनिष्ट आन्दोलन बचाउने दायित्व नेपालको काँधमा आएको बताए ।

‘विष पिएर भए पनि कम्युनिष्ट आन्दोलन बचाउनुहोस् । विभाजनलाई रोक्नुहोस् । त्यो तपाईले मात्रै गर्न सक्नुहुन्छ’, बैठकमा गैरेले भने ।

एमालेभित्रका विसंगतिविरुद्धको लडाइँमा आफ्नो साथ रहेको भन्दै गैरेले एकतावद्ध एमालेका लागि अग्रसर हुनुको विकल्प नरहेकोमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर