बेलायतको दोधारे नीति : एकातर्फ गोर्खालीको माग बेवास्ता गर्ने, अर्कोतर्फ गोर्खा भर्ती खुला गर्ने – Nepal Press

बेलायतको दोधारे नीति : एकातर्फ गोर्खालीको माग बेवास्ता गर्ने, अर्कोतर्फ गोर्खा भर्ती खुला गर्ने

बेलायतले अघि बढायो गोर्खा सैनिक भर्ती प्रक्रिया

काठमाडौं । समान पेन्सनको माग गर्दै ११ दिनदेखि तीनजना भूतपूर्व गोर्खा सैनिक अहिले आमरण अनसनमा छन् । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा ज्ञान राई, धन गुरुङ र पुष्प घले अनसनमा बसेपनि उनीहरुको मागबारे बेलायतले केही बोलेको छैन ।

अनसनरत भुपू गोर्खाले वार्ताका लागि बेलायती रक्षामन्त्रीले गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् । नेपाल र बेलायतले गठन गर्ने उच्चस्तरिय वार्ता टोलीसँग मात्र वार्ता गर्ने उनीहरुको तयारी छ । गोर्खाले यसलाई आफ्नो बटमलाइनको रुपमा लिएका छन् ।

बेलायत सरकारले अनसनको दुई साता पुग्नै लाग्दा पनि मागबारे केही बोलेको छैन । अहिले नेपाल र बेलायत सरकारलाई माग पुरा गर्नेबारे तीव्र दबाब छ तर, दुबै सरकारले विश्वसनीय पहल गर्न सकेका छैनन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आफ्नै सांसदबाट गोर्खालीको माग पुरा गर्न दबाब परिरहेको छ ।

गोर्खालीको माग पुरा गर्न हिच्किचाइरहेको बेलायतले अर्कोतर्फ भने गोर्खा सैनिकको नयाँ भर्ती प्रक्रिया अघि बढाएको छ । सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक २०२२’मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनौटका लागि बोलाएको छ । यो छनौटमा ७४ जिल्लाका युवा सहभागि भएका छन् ।

ब्रिटिस आर्मी मुख्यालयले आफ्नो अफिसियल वेबसाइटमार्फत भदौ १३ गतेदेखि क्षेत्रीय छनौटका लागि युवाहरुलाई पोखरा बोलाएको छ । यसवर्ष बेलायती सेनाका लागि ५७ सय ८७ र सिंगापुर सेनातर्फ २४ सय १९ जनाको नामावली प्रकाशित गरिएको छ । जसमध्ये २३० जना जवान ब्रिगेड अफ गोर्खाज र १४० जना गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसको लागि छनौट हुने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर