अजय शाही र विमला वलीलाई एमालेले कारवाही गरेपछि लुम्बिनीको प्रदेशसभा बैठक प्रभावित – Nepal Press

अजय शाही र विमला वलीलाई एमालेले कारवाही गरेपछि लुम्बिनीको प्रदेशसभा बैठक प्रभावित

रूपन्देही । लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई एमालेले कारवाही गरेका कारण लुम्बिनी प्रदेशसभा बैठक नै प्रभावित भएको छ । मन्त्रीद्वयलाई एमालेले पदमुक्त गरेपछि बढेको अन्योलका कारण आजदेखि सुरु हुने भनिएको नवौं अधिवेशनको पहिलो बैठक कार्यसूचीभन्दा एक घण्टा ढिला हुँदा पनि सुरु भएको छैन ।

दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो । लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री शाही र वली पदमुक्त गर्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ ।

एमालेका मुख्यसचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए । सचिवालयले उनीहरुलाई पदमुक्त गर्ने पत्रचारको विषयमा निर्णय गर्न नसक्दा बैठक बस्न सकेको छैन ।

एमालेले संसदहरुलाई कारवाही गर्न दिएको पत्रमाथि सभामुखले सुनुवाइ नगरे संसद अवरुद्ध गर्ने तयारी गरेपछि सत्तारुढ दल र सभामुखले आन्तरिक छलफल गरिरहेका छन् ।

अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए भने विमला वलीले नेकपाबाट सूर्य चुनाव चिह्न लिएर उपनिर्वाचन जितेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर