विमला वली र अजय शाही एमालेको कारवाहीमा, सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र – Nepal Press

विमला वली र अजय शाही एमालेको कारवाहीमा, सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र

रूपन्देही । प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ।

एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र बिमला ओलीले पार्टीको बिधान र संसदीय दलको बिधान नियम बिपरीत र पार्टीको निर्देशन बिपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको जानकार दिए ।

उहांहरुले पार्टीको नीति निर्देशन मान्नु भएन पार्टीको ह्विप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशन बिपरीत नवगठित मन्त्रीपरिषदमा सहभागी हुने गरेकोले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौं, ढकालले भने ।

अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने बिमला खत्री वली एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने बिमला खत्री वली कहिले एमाले कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन् । एमाले सांसदलाई मन्त्रीमा सपथ खुवाएको भन्दै एमालेले प्रदेश प्रमुख अमिक शेरचनको समेत आलोचना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर