काबुलबाट ल्याइएकालाई काठमाडौंको आइसोलेसनमा राखिने, आजसम्म २६४ जना नेपाल फर्किए – Nepal Press

काबुलबाट ल्याइएकालाई काठमाडौंको आइसोलेसनमा राखिने, आजसम्म २६४ जना नेपाल फर्किए

काठमाडौं । अफगानिस्तानबाट उद्दार गरि मंगलबार ल्याइएका ११८ जना नेपालीलाई सामाखुशिस्थित राधास्वामी आइसोलेसन सेन्टरमा राखिने भएको छ ।

उनीहरुको आजै पीसीआर परीक्षण गरिने डीसीसीएमसी काठमाडौं संयोजक तथा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरि, उद्दार गरि ल्याइएका अन्य नेपालीलाई पनि आइसोलेसनमा राख्ने तयारी भैरहेको सीडीओ पराजुलीले जानकारी दिए । कोभिड संक्रमणको जोखिमको कारण उनीहरुलाई निको तुल्याएर घर पठाइने जिल्ला प्रशासनले जनाएको छ ।

साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आज आएकासहित जोड्दा आएकाको संख्या २८२ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *