बालुवाटारमा मन्त्रिपरिषद् बैठक : अध्यादेश आउँदै – Nepal Press

बालुवाटारमा मन्त्रिपरिषद् बैठक : अध्यादेश आउँदै

काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसाल बालुवाटार पुगिसकेका छन् ।

सरकारले बजेट प्रतिस्थापन अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ । साथै पुन:स्थापित संसदमा पेस नभएका कारण निष्क्रिय भएका अध्यादेशहरू पनि जारी गर्नेबारे मन्त्रिपरिषदले निर्णय लिने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग समसामयिक विषयमा परामर्श गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर