ओलीको आव्हान- एमाले फुटाउन अध्यादेश आउँदैछ, विभाजनविरुद्द एकजुट हौं – Nepal Press

ओलीको आव्हान- एमाले फुटाउन अध्यादेश आउँदैछ, विभाजनविरुद्द एकजुट हौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका छन् । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उनको भनाइ छ ।

सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलसम्वन्धि विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित आज संसद अधिवेसन अन्त्य गरिएको थियो ।

ओलीले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर