चापाकोटका मेयरलाई अदालतले बोलायो, विद्यालय व्यवस्थापन समिति गठनमा मनपरी – Nepal Press

चापाकोटका मेयरलाई अदालतले बोलायो, विद्यालय व्यवस्थापन समिति गठनमा मनपरी

काठमाडौं । उच्च अदालत पोखराले स्याङ्जाको चापाकोट नगरपालिकामा मापदण्डविपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको सन्दर्भमा छलफल गर्न मेयर शिव कुमार गिरीलाई बोलाएको छ ।

मापदण्ड विपरित गठित विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गर्दै चिनुमाया श्रेष्ठसहितले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश रमेशप्रसद राजभण्डारीको एकल इजलासले अन्तरिम आदेश दिने सन्दर्भमा विपक्षीलाई झिकाएको हो ।

अदालतले अन्तरिम आदेशको सन्दर्भमा दुवै पक्षलाई राखेर छलफल गर्न भदौ ९ गतेको लागि पेशी तोकेको छ । रिट निवेदकको पक्षबाट अधिवक्ता युवराज पराजुली र राजाराम घिमिरेले वहस गरेका थिए ।

यस अघि चापाकोट नगरपालिका आफैले बनाएको शिक्षा ऐन मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको विरोधमा चापाकोट १० बोटेटारको जनज्योति माविका अभिभावहरुले विद्यालयमा तालाबन्दी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर