अध्यादेश आउन लागेपछि ओलीले थाले छलफल, एमाले शीर्ष नेताहरु बालकोटमा – Nepal Press

अध्यादेश आउन लागेपछि ओलीले थाले छलफल, एमाले शीर्ष नेताहरु बालकोटमा

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।

संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् ।

महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरु बालकोट पुगेका छन् । सरकारले अध्यादेश ल्याउनुअघि नै कुनै कदम चाल्नेबारे समेत ओली छलफलमा छन् ।

एमाले एकताको लागि १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भने पनि माधव नेपालले समान अधिकारसहितको अध्यक्षबाहेक अन्य कुरामा सहमत नहुने बताएपछि ओली अबको रणनीतिका बारेमा छलफलमा छन् ।

यसबीचमा माधव नेपाल पक्षका वार्ता टोली संयोजक समेत रहिसकेका उपाध्यक्ष भीम रावलले आइतबार महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग लामो छलफल गरेका थिए ।

माधव नेपालका शर्त मान्न ओली तयार नभएपछि एमाले नेताहरु नयाँ रणनीतिका लागि छलफलमा जुटेका हुन् ।


प्रतिक्रिया

One thought on “अध्यादेश आउन लागेपछि ओलीले थाले छलफल, एमाले शीर्ष नेताहरु बालकोटमा

  1. भिम रावललाई दोस्रो अध्यक्ष, विष्णुप्रसाद पौडेललाई महासचिव बनाउने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर