काबुल विमानस्थलबाट उडेको अमेरिकी विमानबाट मानिस खसेको भिडियो सामाजिक संजालमा – Nepal Press

काबुल विमानस्थलबाट उडेको अमेरिकी विमानबाट मानिस खसेको भिडियो सामाजिक संजालमा

काठमाडौं । विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा देश छाडेर जानेको संख्या बढेको छ ।

सार्वजनिक दृश्यहरुमा राजधानी काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाडेर जानेहरुको भीडले भद्रगोल मच्चिएको देख्न सकिन्छ ।

विमानमा चढ्न मानिसहरुले भागदौड गरेको भिडियोहरु सार्वजनिक भइरहेको छ । उडेको विमानबाट केही खसेको जस्तो देखिएको भिडयो पनि सार्वजनिक भएको छ। विभिन्न संचार माध्यमले उक्त विमानबाट दुई व्यक्ति खसेको भन्ने दावी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन्।

भिडियो : आस्भाका न्यूज एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर