एमाले सांसद सुनुवारको आग्रह : एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, अफगानिस्तानबाट सिकौं (भिडियो) – Nepal Press

एमाले सांसद सुनुवारको आग्रह : एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, अफगानिस्तानबाट सिकौं (भिडियो)

काठमाडौं । नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले केवल विदेशी सेना र सहयोले सत्ता टिकाउन नसकिने रहेछ भन्ने अफगानिस्तानको घटनाले पुष्टि गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सुनुवारले भने-केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेन छ भन्ने कुरा अफगानि राष्ट्रपति र त्यहाँका शासकले देश छोड्नु परेको घटनाले देखाएको छ। हामीलाई झस्काइरहेको छ ।’

उनले यो घटनाबाट अमेरिकी सहयोग एमसीसी स्वीकार गर्ने विषयमा पनि सोच्नुपर्नेमा जोड दिएका छन् । ‘हामी पनि अमेरिकी सहयोग एमसीसी, एमसीसी भनेर बुरुक्क-बुरुक्क नउफ्रौं, त्यसतर्फ ध्यान दिऊ,’ सुनुवारको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर