फिल्म सुटिङको गाडी दुर्घटनामा : एकको घटनास्थलमै मृत्यु, आठजना गम्भीर – Nepal Press

फिल्म सुटिङको गाडी दुर्घटनामा : एकको घटनास्थलमै मृत्यु, आठजना गम्भीर

काठमाडौं । म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ ।

धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना फिल्म प्राविधिक चढेको बा ३ ख ४०१४ नम्बरको उक्त ह्याचरलाई ठक्कर दिएको हो ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार दुर्घटनामा २६ वर्षिया रेनु कुलुङ राईको घटनास्थलमै मृत्यु भएको छ । मृतक युवती म्युजिक भिडिओ निर्देशक परी कुलुङ राईकी बहिनी समेत हुन् ।

अन्य घाइतेहरुमा फिल्म प्राविधिकहरु दीर्घ गुरुङ, रमेश सुनुवार, श्याम तामाङ, विनोद लामा, नारायण गुरुङ, दीपेन्द्र थपलिया, चालक विजय र सोनी कुलुङ राई गम्भीर छन् ।

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । प्राविधिक संघ नेफ्टाले उपचारमा आर्थिक सहयोग गरेको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर