नारायणी अस्पतालमा अख्तियारको छापा, औषधिको स्टक विवरण र कागजपत्र बरामद् – Nepal Press

नारायणी अस्पतालमा अख्तियारको छापा, औषधिको स्टक विवरण र कागजपत्र बरामद्

जनकपुरधाम । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले छापा मारेको छ ।
फार्मेसीमा करोडौं भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो ।

आयोगका सूचना अधिकारी विष्णु सापकोटाले फार्मेसीको स्टक, म्याद गुज्रेका औषधिको विवरण र खरिद् तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले भने, ‘फार्मेसीमा भ्रष्टाचार भयो भनेर उजुरी परेको छ । सोही आधारमा आयोगको ५ जनाको टोली अनुसन्धानका लागि आएका छौं ।

फार्मेसीको स्टक विवरण र खरिद बिक्रीको कागजात नियन्त्रणमा लिएका छौं ।’ अब अनुसन्धानपछि मात्र थप कुरा बताउन सकिने उनले भने ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र प्रधानले गोदाममा म्याद गुज्रेका औषधि कसरी आयो भन्ने कुरा बताउन नसकिने बताए । उनले भने, ‘अख्तियारले पनि त्यही कुरा सोधेको छ । यस विषयमा फार्मेसीले नै जवाफ दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर