नेपाली हुनुको अर्थ खोज्दै धिरेन शाक्य, ‘मनमनमा’ गीत रिलिज (भिडिओ) – Nepal Press

नेपाली हुनुको अर्थ खोज्दै धिरेन शाक्य, ‘मनमनमा’ गीत रिलिज (भिडिओ)

काठमाडौं । अभिनेता धिरेन शाक्य अब फिल्मसँगै म्युजिक भिडिओमा व्यस्त हुने तयारीमा छन् । कुनैबेलाका यी हिट अभिनेताको हातमा अहिले केही फिल्म र भिडिओ छन् ।

धिरेनद्वारा फिचर्ड राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मनमनमा माया’ इन्टरनेट रिलिज भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो ।

सुरजकुमार थापाद्वारा संगीतबद्ध गीतमा धिरेन र रीना थापा मगरले अभिनय गरेका छन् । नितिन चन्दले म्युजिक भिडिओ निर्देशन गरेका छन् । वानिका प्रधान र सुरज थापाकै स्वर समावेश छ ।

हेर्नूस गीत :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर