मेस्सीविनाको बार्सिलोनाद्वारा ला लिगामा विजयी सुरुआत – Nepal Press

मेस्सीविनाको बार्सिलोनाद्वारा ला लिगामा विजयी सुरुआत

एजेन्सी । रियल सोसिडाडमाथि जितसँगै मेस्सीविनाको बार्सिलोनाले स्पेनिस ला लिगामा जितको सुरुआत गरेको छ ।

जेरार्ड पिकेको शशक्त हेड गोलसँगै बार्सिलानाले १९ औं मिनेटमा अग्रता बनाएको थियो । मेम्फिस डिपेको फ्रिकिकमा पिकेले गोल गरेका हुन् ।

मार्टिन ब्रेथवेइटले पहिलो हाफको अन्त्यमा र दोस्रो हाफको सुरुआतमा गोल गरे । उनी बार्सिलोनाका लागि एकै खेलमा २ गोल गर्ने पहिलो डच खेलाडीसमेत बने ।

त्यसयता सोसिडाडले लगातार दुई गोल गरी नोउ क्याम्पमा बार्सिलोनालाई दवावमा राख्ने प्रयास गरेको थियो । जुलेन लोबेटे र मिकेल ओयार्जाबालले गोल गरेपछि खेल ३–२ को स्थितिमा पुगेको थियो ।

तर सेर्गी रोवर्टोले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोनाले आरामदायी घरेलु जित हासिल गर्न सफल रह्यो ।

खेल सुरु हुनुअघि मेस्सीको जर्सी लगाएका २२ हजार बार्सिलोना समर्थकले १० मिनेटसम्म क्लबका कीर्तिमानी गोलकर्ता सुपरस्टारको सम्मान गरेका थिए ।

काफ इन्जूरीका कारण कम्तिमा साढे २ महिना मैदानबाहिर रहेका नयाँ अनुबन्धन सर्जियो एग्यूरो भने बेन्चमा बसेर खेल हेरे ।

यता ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले पनि सेल्टा भिगोलाई २–१ गोलअन्तरले पराजित गरी विजयी सुरुआत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर