चितवनमा निषेधाज्ञा लम्बियो, सरकारी कार्यालयको सेवा बन्द – Nepal Press

चितवनमा निषेधाज्ञा लम्बियो, सरकारी कार्यालयको सेवा बन्द

चितवन । चितवनमा १० दिन निषेधाज्ञा लम्ब्याइएको छ ।

एक आदेश जारी गर्दै चितवनका सीडीओ प्रेमलाल लामिछानेले भोलि राति १२ बजेदेखि भदौ १० सम्म निषेधाज्ञालाई निरन्तरता दिएको उल्लेख गरेका छन् । आदेशमा सभा, सम्मेलन, प्रदर्शन, सेमिनार, तालिम, सिनेमा, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाइएको छ । त्यस्तै बढी भिडभाड हुने प्रशासन, मालपोत, नापी, यातायात कार्यालयमा अत्यावश्यक तथा आन्तरिक कार्यबाहेकका नियमित सेवा स्थगित गरिएको छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा-मासु, अण्डा, दाना, ग्यास, पूजा पसलहरू हरेक दिन बिहान १० बजेसम्म खाेल्न पाइनेछ । तोकिएका अन्य पसलहरू आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् । यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत छन् ।

यस्तै खाजा घर, रेष्टुरेण्ट, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी संचालनमा जोर-बिजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार संचालन गर्न पाइने छ ।

स्थानीय तहका प्रमुखसँगको छलफलमा सीडीओले निषेधाज्ञा कडाइ गर्ने योजना बनाएका छन् ।


प्रतिक्रिया

One thought on “चितवनमा निषेधाज्ञा लम्बियो, सरकारी कार्यालयको सेवा बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर