चारैतिरबाट कावुल प्रवेश गर्दै तालिवान, अमेरिकाले हेलिकप्टरबाट लग्यो दूतावासका कर्मचारी – Nepal Press

चारैतिरबाट कावुल प्रवेश गर्दै तालिवान, अमेरिकाले हेलिकप्टरबाट लग्यो दूतावासका कर्मचारी

काबुल । तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेका छन् । यससँगै अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ ।

रोयटर्सले उच्च अधिकारीहरुलाई उद्वृत गर्दै तालिवानी लडाकु चारैतिरबाट काबुलमा प्रवेश गरिरहेको जनाएको छ । तर विस्तृत विवरण दिइएको छैन ।

कावुलको वरपर विभिन्न स्थानमा गोली चलेको आवाजहरु सुनिएका छन् । तर, अहिलेसम्म राजधानी शहर सुरक्षा फौजकै कब्जामा रहेको जनाइएको छ ।

अमेरिकी अधिकारीहरुले आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको जनाएका छन् ।

तालिवानका एक अधिकारीले रोयटर्सलाई आफूहरुले हताहति नचाहेको बताएका छन् । तर, अहिलेसम्म उसले युद्धविरामको घोषणा गरेको छैन ।

राष्ट्रपति अस्रफ घानीले शनिबार आफू स्थानीय नेता तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँग परिस्थितिको विषयमा परामर्श गरिरहेको बताएका थिए । त्यसयता उनको कुनै थप बयान आएको छैन ।

आइतबार बिहानै लडाकुहरुले कुनै मुठभेडबिना जलालबादको पूर्वी शहर कब्जा गरे । यसले भूपरिवेष्ठित देशको एउटा मूख्य राजमार्गमा उनीहरुको नियन्त्रण कायम भएको छ । उनीहरुले पाकिस्तानसँग जोडिएको तोर्खाम सीमा नजिक पनि उनीहरुले कब्जा जमाएका छन् । अब अफगान सरकारको नियन्त्रणमा काबुल बिमानस्थल मात्र छ, जहाँबाट बाहिर जान सकिन्छ ।

जलालवादमा लडाकुहरुले रक्तपातबिना नियन्त्रण कायम गरेका थिए । ‘जलालवादमा तालिवानसँग गभर्नरले आत्मसमर्पण गरेकाले कुनै पनि मुठभेड भएन,’ जलालवादस्थित अफगान अधिकारीले रोयटर्ससँग भने, ‘जनताको जीवन रक्षाका निम्ति तालिवानहरुलाई बाटो छोडिदिने मात्रै विकल्प थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर