चेम्बर अफ कमर्श लुम्बिनीमा पोखरेल – Nepal Press

चेम्बर अफ कमर्श लुम्बिनीमा पोखरेल

रुपन्देही । लुम्बिनी चेम्बर अफ कमर्सको अध्यक्षमा टंक पोखरेल चुनिएका छन् । शनिबार सम्पन्न अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनलगत्तै बसेको प्रदेश समिति बैठकले उपाध्यक्ष श्रीधर महरा (दाङ), महासचिव जेपी कंडेल (रुपन्देही), कोषाध्यक्ष युवराज न्यौपाने (गुल्मी) र सचिव चिरञ्जीवी पोखरेल (पाल्पा)लाई पदाधिकारी चयन गरेको हो ।

त्यस्तै बैठकले मन्जु पराजुली र शिव ज्ञवालीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । समितिले आर्थिक सल्लाहकारमा डा. ईश्वर गौतम, कानुनी सल्लाहकारमा अधिवक्ता विनोद गौतम र प्रेस सल्लाहकारमा पत्रकार प्रदीप आचार्यलाई मनोनयन गरेको महासचिव जे.पी.कंडेलले बताए ।

कमर्सका प्रदेश सस्यहरुमा जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट उदयराज लम्साल (बर्दिया चेम्बर अफ कमर्स), यमकुमारी सुवेदी (नवलपरासी चेम्बर अफ कमर्स), मदन खड्का (प्यूठान चेम्बर अफ कमर्स), उपमहानगर चेम्बर अफ कमर्सबाट पदम पोखेरल (तुल्सीपुर उपमहानगर चेम्बर अफ कमर्स), नगर चेम्बर अफ कमर्स क्षेत्रबाट जयप्रकास गुप्ता (कृष्णनगर चेम्बर अफ कमर्स), सुकदेव बेल्वासे (भूमिकास्थान चेम्बर अफ कमर्स), खिमबहादुर खत्री (प्रस्तावित सिद्धार्थनगर चेम्बर अफ कमर्स) र गाउपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट उमानाथ घिमिरे (रैनादेवीछहरा गाउँपालिका अफ कमर्स) निर्वाचित भएका छन् ।

निर्वाचनबाट १४ सदस्यीय प्रदेश समिति गठनका लागि जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट ६ जना, उपमहानगर चेम्बर अफ कमर्सबाट १ जना, नगर चेम्बर अफ कमर्स क्षेत्रबाट ४ जना, गाउँपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट २ जना र वडा चेम्बर अफ कमर्स क्षेत्रबाट १ जना चयन हुने र सोहीबाट पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।

२००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स उद्योग वाणिज्य क्षेत्रको पहिलो संगठित संस्था हो । मुलुकभरका संगठन विस्तार गर्ने लक्ष्यसहित चेम्बरको विधान संशोधन गरी मिति २०७४ पुस ९ गते नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको थियो ।


प्रतिक्रिया

One thought on “चेम्बर अफ कमर्श लुम्बिनीमा पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर