अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन घोषणा, कसले के जिम्मेवारी पाए ? (सूचीसहित) – Nepal Press

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन घोषणा, कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

काठमाडौं । माओवादीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले असोज ८ दखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । संगठनको हालै बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष रञ्जित तामाङले सम्मेलनको मिति घोषणा गरेका हुन् ।

राष्ट्रिय सम्मेलनअघि वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरिएको र सम्मेलनसम्म सबै पदाधिकारी र सदस्यहरूको जिम्मेवारी यथावत रहेको प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनअघि भदौ १५ गतेसम्म पालिका र क्याम्पस तथा इकाइ भेला गरिसक्ने र भदौ २५ गतेसम्म जिल्ला सम्मेलन गरिसक्ने कार्यतालिका बनेको मैनालीले बताए ।

त्यस्तै असोज १ गतेसम्म प्रदेश भेला तथा सम्मेलन सक्ने र सबै भेला तथा सम्मेलनहरू सहमतिका आधारमा गरिने क्रान्तिकारीले जनाएको छ । विधान सम्मेलन भने भर्चुअल माध्यमबाट हुने प्रवक्ता मैनालीले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनका लागि विभिन्न समितिहरू गठन भएका छन् ।

ती समितिहरू यसप्रकार छन् :-

१. मुल व्यवस्थापन समिति- संयोजक- रञ्जित तामाङ, सदस्यहरू- सिङ्गो केन्द्रीय समिति।

२. प्रतिवेदन लेखन : संयोजक – रञ्जित तामाङ , सदस्यहरु (कार्यालय सदस्यहरु।

३. बिधान मस्यौदा : संयोजक – उत्तम अधिकारी, सदस्यहरु – लक्ष्मी जोशी , प्रबिणा अधिकारी ,पवन कार्की , गजेन्द्र देव , मदन भूल ।

४. प्रचार प्रसार तथा प्रकाशन : संयोजक – सुरेन्द्र बस्नेत, सदस्यहरु – जिपि मैनाली, क्षितिज सापकोटा ।

५. आर्थिक व्यवस्थापन : संयोजक – पञ्चा सिंह , सदस्य हरु – दिपेश पुन , मिलन एमसी , केशव रावल ।

६. अतिथि व्यवस्थापन : संयोजक – दीपक देवकोटा, सदस्यहरू – आशा तमु , नरेश रेग्मी ।

७. प्रतिनिधि छनौट तथा अभिलेखिकरण : संयोजक – तिलकराज भण्डारी, सदस्यहरु – नारायण खनाल, सुर्यनारायण शाह , मदन भट्टराई ।

८ . मेस तथा मञ्च ब्यवस्थापन : संयोजक – बिजय गौतम, सदस्यहरु – दिपक जोशी , अमरजंग शाही ।

९. स्वयंसेवक : संयोजक – ईन्द्र भुषाल, सदस्यहरु – तुकमान महरा, राजकुमार लिम्बु , सञ्जय कालधन ।

१०. स्वास्थ्य : संयोजक – दिपेश पुन, सदस्यहरु – डा. अच्युत भट्ट, कल्पना मियां ।

११. कार्यालय तथा प्राविधिक : संयोजक – रविकिरण यादव, सदस्यहरु – कार्यालय टिम ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर