अफगानिस्तान, ब्रिटिस गोर्खा र कोरियाली इपिएसबारे काँग्रेस बैठकद्वारा सरकारको ध्यानाकर्षण (भिडिओ) – Nepal Press

अफगानिस्तान, ब्रिटिस गोर्खा र कोरियाली इपिएसबारे काँग्रेस बैठकद्वारा सरकारको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले सबै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन । केन्द्रिय कार्य समितिको तेस्रो दिन शनिबार जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन ।

खोप अभावमा विद्यार्थीहरुले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रिय सदस्यहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नेताहरुले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरुलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए ।

पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरुलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरुले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए । भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा विभिन्न माग राखेर धर्ना दिईरहेकाले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दवाव थिएका थिए ।

अफगानिस्तानमा रहेका नेपाली युवाहरुको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई काँग्रेस केन्द्रिय सदस्यहरुले आग्रह गरेका थिए । प्रवक्ता शर्माले भने, ‘अफगानिस्तानमा पछिल्लो जे घटना भईरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरु कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरु कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ ? र आवश्यक प¥यो भने सरकारले उनीहरुलाई प्रक्रिया पु¥याएर उद्धार गर्न गम्भिर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’

बैठकमा नेताहरुले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।


प्रतिक्रिया

One thought on “अफगानिस्तान, ब्रिटिस गोर्खा र कोरियाली इपिएसबारे काँग्रेस बैठकद्वारा सरकारको ध्यानाकर्षण (भिडिओ)

  1. Hoina yesto gambhir kuraharu bina baithak PM jiule garni parne hoina ?Teskaran ho kunai samaye bhaneko thiyen Hamro Neta ra PM jo banepani Jan hune tara Nasannu,Akha hune tara Nadekhne bhaneko chhu

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर