क्रियाशील सदस्यता टुंग्याउने जिम्मा सिटौला, मिनेन्द्र र लेखकलाई – Nepal Press

क्रियाशील सदस्यता टुंग्याउने जिम्मा सिटौला, मिनेन्द्र र लेखकलाई

काठमाडौं । नेपाली कांग्रेसमा बाँकी रहेको क्रियाशील सदस्यता सम्बन्धी विवादको टुंगो लगाउन विशेष कार्यदल बनेको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले गरेको कामका आधारमा थप छानबिन गरी शतप्रतिशत विवाद समाधान गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको हो ।

लेखक यसअघि क्रियाशील सदस्यता छानबिन समितिको संयोजक थिए भने सिटौला र रिजालले क्रियाशील विवाद समाधानका लागि शीर्ष तहमा काम गरेका थिए ।

बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौला, रिजाल र लेखकले जिल्ला तहसम्मकै समस्या समाधान हुनेगरी सदस्यताबारे सहमति गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर