कांग्रेसको चुनौती एकतावद्ध भएर सामना गर्न सहमति गर्यौ : वरिष्ठ नेता पौडेल – Nepal Press

कांग्रेसको चुनौती एकतावद्ध भएर सामना गर्न सहमति गर्यौ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकोले एकतावद्ध ढंगले अघि बढ्न महाधिवेशनबारे सहमति गरिएको बताएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकले मंसिर ९ गतेदेखि १४ औं महाधिवेशन गर्ने निर्णय गरेलगत्तै नेपाल प्रेससंग कुराकानी गर्दै नेता पौडेलले क्रियाशील सदस्यतामा देखिएको विवाद सर्वसम्मत ढंगले टुंग्याउने सहमति पनि भएको बताए ।

‘अहिलेको चुनौती सामना गर्न कांग्रेसभित्र एकताको आवश्यकता थियो । भदौ १८ मा अधिवेशन सुरु गर्ने कुराले संवैधानिक दायित्वलाई पूरा गरेको छ । अब मंसिर ९ मै महाधिवेशन गर्न हामी सबै लाग्नुपर्छ’, पौडेलले भने । उनले आफू सधै कांग्रेसको वैधानिक र वैचारिक सशक्तिकरणको पक्षमा रहेको भन्दै मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा आफू सहमत हुनुको पछाडि पार्टी एकता सुदृढ गर्नेबाहेक अर्को स्वार्थ नरहेको बताए ।

उनले क्रियाशीलमा देखिएको विवाद समाधानमा केन्द्रीत भएर नयाँ कार्यतालिका अनुसार पार्टी महाधिवेशनमा होमिने बताए । महाधिवेशन कार्यतालिका कार्यान्वयन गराउन सभापति शेरबहादुर देउवाले विशेष ध्यान दिनुपर्ने र विगतमा जस्तो अलमल गर्न नहुने पौडेलको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर