वरिष्ठ धानबाली विशेषज्ञ बस्नेतको कोभिड संक्रमणबाट निधन – Nepal Press

वरिष्ठ धानबाली विशेषज्ञ बस्नेतको कोभिड संक्रमणबाट निधन

काठमाडौं । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड-१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्‍याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी)का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान थियो । उनका दुई छोरी र एक श्रीमती छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर