माथि लाखसम्म जरिवाना तिराउने सूचना, मुनी फोहाेरको डंगुर (तस्बिरहरु) – Nepal Press
माथि लाखसम्म जरिवाना तिराउने सूचना, मुनी फोहाेरको डंगुर (तस्बिरहरु)
सरोज बैजु २०७८ साउन ३० गते १८:१२
२०७८ साउन ३० गते १८:१२

काठमाडौं । राजधानीका मुख्य सडकमा अहिले जताततै फोहाेरको डंगुर देख्न सकिन्छ । कतिपय ठाउँमा त फोहाेर फालेमा ५ सयदेखि ५ हजारसम्मको जरिवाना तिर्नुपर्ने सूचनाका मुनी नै फोहरको चाङ छ ।

यसपाली काठमाडौंका मुख्य ठाउँबाट उठ्न नसक्नुमा नुवाकोटको सिसडोलका स्थानीयको आन्दोलनले भने होइन । यसपाली फोहाेर नउठ्नुको कारण संघीय सरकारले बनाएको ल्याण्डफिल्ड साइट काठमाडौं महानगरपालिकालाई हस्तान्तरण नगर्नु हो ।

महानगरका अनुसार अहिले सिसडोलको ल्याण्डसाइट भरिएको छ । र, यसको विकल्पमा बनेको बन्चरे डाँडा सेनेटरी ल्याण्डफिल्ड संघीय सरकारले महानगरलाई हस्तान्तरण गरेको छैन् ।

पानी पर्ने मौसम र कोभिड–१९को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा राजधानीको मुख्य सहरमा यसरी फोहाेरको दुर्गन्ध जताततै भएकाले थप रोगको संक्रमणको जोखिम बढेको स्वास्थ विज्ञले बताउँदै आएका छन् ।

हेर्नुस् तस्वीरमा राजधानीको मुटुमा फोहरको डंगुरः